आफ्नै दिदी र भाई मिलेर ३२ वर्षिय राजुको हत्या, इनारमा कुहिएको शव फेला [भिडियो सहित]

शर्मिला गुरुङ

तनहुँ, ४ फागुन  : आफ्नै भाईको हत्या गरी ईनारमा फाल्ने एक दिदि सहित अन्य २ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी टोलीले पक्राउ गरि कानुनी कठघरमा उभ्याउन सफल भएको छ ।

यहि माघ २१ गते दिउँसो भानु नगरपालिका-९ काउरेटारमा स्थानियको बारीमा सिँचाईको लागि खनेको ईनार भित्र पुरुषको शव सडेर दुर्गन्धित अवस्थामा रहेको भन्ने जानकारी पश्चात खटिएको तनहुँको प्रहरी टोलिले सोधपुछ तथा अनुसन्धान गर्दा मृतक सोहि स्थानका ३२ वर्षीय राजु विक रहेको पुष्टि भएको थियो ।

मृतक राजु बि कको मृत्यु प्रकरण सम्बन्धमा थप अनुसन्धान गर्दै जाँदा यहीँ माघ १२ गते उनकै दिदि मन कुमारी बिक लगायत सोहि स्थान बस्ने २४  वर्षीय आयुष विक र ३५ वर्षीया मन माया बिकले उनलाई कुटिपिट गरी नाम्लोले घाँटीमा बेरी उनको हत्या गरेको खुल्न आएको तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताएका छन । पक्राउ परेका उनिहरु उपर मुद्धा दर्त गरी थप अनुसन्धान समेत भईरहेको छ ।

बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया