आफ्नै परिवारका सदस्यहरुले मार्ने सुपारी दिए ! (भिडियोसहित)

admin

काठमाडौं, ३० माघ : सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नम्बर ६ माझी पँधेरो स्थायी घर भई हाल काठमाडौंमा बस्ने दम्पत्ति कल्पना बस्नेत खड्का र कृष्णहरि खड्काले आफूहरुको ह’त्या प्रयास भएको भन्दै सरकारसमक्ष शान्ति, सुरक्षाको लागि अपिल गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यी दम्पत्तिले यस्तो माग गरेका हुन् ।

कल्पनाले आफूहरुलाई यही माघ २० गते कोठामा बसेकै अवस्थामा आमाजु दिदि-भिनाजु तथा भान्जाहरुले मार्नको लागि सुपारी दिएर मान्छे पठाएको र भौतिक आ’क्रमण भएको सुनाईन् । यसअघि पनि आफूहरुलाई परिवारका सदस्यहरुले हमला गरेको उनको भनाई छ ।

आफ्ना श्रीमान कृष्णहरि खड्कालाई भिनाजुहरुले बन्धक बनाईराखेको समयमा जग्गा पास गराई सम्पत्ति हडप्न खोजेपछि आफूले सुरुदेखि नै लड्दै आएको उनले स्मरण गराइन् । त्यतिबेला पनि आफू र आफ्नो श्रीमानलाई विभिन्न समयमा मार्ने तथा ब’ला’त्कार गरेर फाल्नेसम्मको ध’म्की जेठी दिदि (गीता थापा)को छोरा अनिश थापाले दिँदै आएको कल्पनाले स्मरण गराइन् ।

आफ्नो मागी बिवाह भएको तथा बिवाहपछि भाई तथा बुहारीले सम्पूर्ण सम्पत्ति खाने भए भन्ने सोचका कारण आमाजु-दिदिहरुले बिवाह भएको छोटो समयदेखि नै विभिन्न आरोप तथा यातना दिनेजस्ता कार्यहरु गरिएको र आफूले सहँदै आएको कल्पनाको भनाई छ ।

आफू न्यायको लागि राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला अधिकार आयोग, महिला पुनःस्थापना केन्द्र (ओरेक), ‘ल्याक’, प्रहरी प्रधान कार्यालय, क्षेत्रीय प्रहरी कार्यालय हेटौंडा, अञ्चल प्रहरी कार्यालय जनकपुर र विभिन्न मन्त्रालय पनि धाइसकेको उनको भनाई छ ।

अहिले उनीहरु अंश मुद्दा लडिरहेका छन् । कल्पनाका पति कृष्णहरि खड्काले आफूहरुले लामो समयदेखि मानसिक तथा शारिरिक यातना भोग्दै आएको सुनाए । उनले आफूले छोरोको हैसियतबाट पाउनुपर्ने अंशको लागि जिल्ला अदालत सिन्धुलीमा २०७१ सालमा हकदाबीको मुद्दा दायर गरेको पनि जनाए ।

कल्पनाले आफ्नै आमाजुहरु निरु कुमारी खड्का थापा, सिता बुढाथोकी, गिता थापा, र सासु आमा विष्णु कुमारी खड्का, कान्छो भिनाजु ध्रुव बुढाथोकी, माईलो भिनाजु दुर्गा थापा, र जेठो भिनाजु अनिल थापा, र अनिल थापाका दाई अर्जुन थापाले आफूहरुमाथि यस्तो ज्यादती गरेको दाबी गरिन् ।

उनले आफ्नै परिवारका सदस्यहरुले छोरा-बुहारीलाई सुपारी दिएर ह’त्या प्रयास गरेको बताइन् । उनले आफूहरुको ह’त्या प्रयास हुनुको कारण सम्पत्ति भएको बताइन् । अहिले आफूहरुले अंश मुद्दा गरिरहेको उनको भनाई छ । उनले भनिन्, ‘हामीले पुर्खौली सम्पत्ति दाबी गर्दा उनीहरुले यस्तो कदम चाले ८०/९० करोडको सम्पत्ति ह’त्याउने उनीहरुको योजना छ ।’

उनले राज्यसँग आफूहरु दम्पत्तिको ज्यानको सुरक्षा गर्न माग गरे । उनले भनिन्, ‘हाम्रो ज्यानधनको सुरक्षा हुनुपर्छ । अ’पराधीलाई कारबाही गर्नुपर्यो । मेरो हात भाँच्चिएको छ । टाउकोमा चोट लागेको छ । मेरो श्रीमानको खुट्टामा चोट लागेको छ ।’ सुपारी समातेर ह’त्या गर्न आएका अ’पराधीसँग प्रतिकारमा उत्रिँदा आफ्ना श्रीमान पनि घाईते भएको उनको भनाई छ ।

उनले भनिन्,‘अ’पराधीको च’क्कु समाप्त मेरो श्रीमानलाई पनि खुट्टामा चोट लागेको छ । उनीह धा’रिलो ह’तियारसहित आए । अहिलेसम्म दुई जना मात्रै पक्राउ परेका छन् । अरु अ’पराधीलाई प्रहरीले मिलोमतोमा भगाईयो ।’ त्यस्तै, कृष्णहरि खड्काले पनि आफूहरुको ज्यानको ख’तरा रहेको भन्दै शान्ति, सुरक्षा र न्यायको लागि अपिल गरे । र, अ’पराधीलाई कानूनी कारबाहीमा ल्याउनुपर्ने जोड दिए ।

प्रतिक्रिया