आफ्नै पैसा फिर्ता माग्दा श्रीमान-श्रीमती नै मिलेर निर्घात कुटपिट गरे भन्दै यी युवक मिडियामा

मनिषा थापा

पिएनपिखबर : सर्लाहीको हरियुनमा घर भएका विकास कुमार चिमरियाले एक दम्पतिले पैसा खाएको र माग्दा उल्टै निर्घात कुटपिट गरेको भन्दै न्यायको आशमा मिडियामा आएका छन्। उक्त दम्पतिले राजनतिक संरक्षण पाएको कारण प्रहरी प्रशासन धाउँदा पनि न्याय नपाएपछि आफु मिडियामा आएको उनी बताउछन् । 

सर्लाही, हरियुन नगरपालिका वडा नं १० मा बस्ने हरि प्रसाद मैनाली र विकासका बुबाले २०७२ इट्टाभट्टा संचालन गरेका थिए। काम गर्दै जाँदा हरि प्रसाद मैनालीको काम असन्तुष्ट देखिएको कारण सँगै काम गर्न नसक्ने अवस्था भयो। मैनालीले आफै एक्लैले संचालन गर्ने बताएका थिए। विकासको परिवारले एक्लै गर्ने भए हिसाब सबै गरेर पैसा माग्दा दुई महिनाभित्र दिन्छु भनेका थिए। तर गत वैसाखसम्म पनि पैसा नदिएपछि प्रहरी प्रशासनलाई खबर गरियो तर पनि केहि कारवाही नभए पछि आफै लिन धेरै पटक बिकास गए।

बिकासले लिनुपर्ने ४० लाख भए पनि २० लाख तिर्नुपर्ने कागज मैनालीले तयार पारे जसको म्याद आफैले मसिरसम्म राखे। मसिर पनि नाघेपछि उनी धेरैपटक पैसा माग्न गए। गत महिना फेरी उनी र उनको साथि माग्न जाँदा मैनाली दम्पतिले सुनियोजित ढंगबाट रड र इट्टाले निर्घात कुटपिट गरेको विकासले बताए। विकास र उनकासाथीलाई स्थानीय प्रहरीले अस्पताल पुर्याए। त्यहाँबाट काठमाडौँको ओम अस्पताल तुरुन्त रिफर गरियो। उनको खुट्टा, हात र ढाडमा गहिरो चोट लागेको थियो। अझै पनि उपचार नै गराईरहेका छन् उनी।

प्रहरीले कुटपिट गरेको र पैसा नदिएको उजुरी गर्दा सामान्यरुपमा लिएर कुनै वास्ता नगरेको उनको गुनासो छ। मैनाली दम्पतिले उल्टै ज्यानको सुरक्षा माग्दै विकासविरुद्ध मुद्दा हालेको उनको आरोप छ। दम्पतिले कुटेको प्रमाणस्वरूप भिडियो हुँदा पनि सबन्धित निकायले केहि नगरेको उनको आरोप छ। उनले माथि कुटपिट भए देखि मानसिक तनाब भएको र न्यायकै लागि काठमाडौँ भौतारिरहेको उनी बताउछन्। आर्थिक स्थिति कमजोर भएकोले आफु अदालतसम्म पुग्न नसकेको उनले जनाए। उनले सरकारलाई आग्रह गर्दै भने, ‘म पनि यही देशको नागरिक हु, म सँग हरेक प्रमाण छ। मेरो उपचारखर्च र पाउनु पर्ने पैसा दिलाईदिन विन्ती गर्न चाहान्छु।’

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू