आफ्नै बायोपिकको निर्देशन गर्दै कंगना

रिता घिसिंग

पिएनपिखबर : कंगना रनावतले हालै निर्देशन गरिएको फिल्म ‘मणिकर्णिका’ निकै सफल भएको छ। उनले पहिलो पटक निर्देशन गरिएको भएता पनि उनको कामको सबैले खुलेर तारिफ गरेका छन्।  कंगना भन्छिन ‘मलाई फिल्म निर्देशनमा रुचि छ र यसैमा म आफ्नो करियर अगाडी बढाउन चाहन्छु।’

कंगनाले फेरी अर्को चलचित्र पनि निर्देशन गर्ने घोषणा गरेकी छिन। जुन उनकै जीवनसंग आधारित छ। 

 

फिल्मको स्क्रीप्ट लेखन फिल्म ‘बाहुबली’ को लेखक केवी विजयेंद्रले गरेका छन्।  हालै रिलिज भएको चलचित्र ‘मणिकर्णिका’ को पटकथा पनि उनैले लेखेका थिए। कंगनाको जीवनमा आधारित फिल्मको सुटिंग यसै बर्ष अक्टोबर-नोबेम्बरमा सुरु हुनेछ। 

 

कंगना भन्छिन ‘म अब आफनै जीवनसंग आधारित चलचित्रको निर्देशन गर्न जादैछु तर उक्त चलचित्र प्रचार गर्ने फिल्म भने होइन।’

प्रतिक्रिया

सम्बन्धित समाचारहरू