आफ्नै सरकारबाट असन्तुष्ट हुनेले आत्महत्या गरे हुन्छ : अधिवक्ता नेपाल

मनिषा थापा

पिएनपिखबर : राष्ट्रपति विद्या देवी भण्डारीले पहिलोपटक ‘मेरो सरकार’ भन्दै सम्बोधन गरेपछि खैलाबैला मच्चिएको छ। आइतबार बसेको संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उनले ‘मेरो सरकार’ भनेर सम्बोधन गरेकी थिइन।

‘मेरो सरकार’ श्री ५ सरकारले सम्बोधन गर्ने गरेको र हाल गणतन्त्रमा पहिलो पटक उक्त शब्द राष्ट्रपतिद्वारा सम्बोधन गरिनु गैरजिम्मेवार र गणतन्त्रको भावनाको बिरुद्ध देखिएको भन्दै आलोचना भईरहेको छ। यस विषयमा बोल्दै अधिबक्ता स्वागत नेपालले भने, ‘राष्ट्रपतिले ‘मेरो सरकार’ भनिसकेपछि आफ्नै सरकारको गतिविधिबाट असन्तुष्ट हुने, काम गर्नुपर्यो नि। असन्तुष्ट हुनेले आत्माहत्या गरे हुन्छ।’

‘उच्च स्तरीय बौद्धिक मनोरन्जन प्रदर्शन भयो। हामीले नै यस्ता व्यक्तिहरुलाई राजनीतिमा पुर्याउ जसको नतिजाले हामी जनता रोमान्चित हुने गर्छौ। सरकारले केटाकेटीको खेल खेलिरहेको छ।’ ,उनले भने।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू