आफ्नो अन्तरिक्ष यात्रा सकेर पृथ्वीमा फर्किए चार जना पर्यटक

admin

एजेन्सी, ३ असोज : चार जना अन्तरिक्ष पर्यटक आफ्नो अन्तरिक्ष यात्रा सकेर पृथ्वीमा फर्किएका छन् । उनीहरू चढेको स्पेस एक्स क्याप्सुल अमेरिकाको फ्लोरिडा राज्य नजिकैको समुद्रमा अवतरण भएको बीबीसीले जनाएको छ ।

स्पेस एक्सको इनस्पिरेशन ४ मिसनअन्तर्गत पहिलो पटक साधारण नागरिकलाई अन्तरिक्षमा पठाइएको थियो । गएको बुधबार उनीहरु पृथ्वीबाट उडेका थिए । अन्तरिक्ष पर्यटन बजारका लागि यो यात्रा कोशेढुङ्गा हुने मानिएको छ ।

अर्बपति व्यवसायी जेयर्ड आइज्याकम्यानको नेतृत्वमा फिजिसिएन असिस्टेन्ट हेइले आर्सिनेउक्स, डाटा इञ्जिनियर क्रिस सेम्ब्रोस्की र जियोलोजिस्ट सियान प्रोक्टर अन्तरिक्षमा गएका थिए ।

प्रतिक्रिया