आमिर र क्याट्रिनाको ‘ठग्स अफ हिन्दोस्तान’ को दोस्रो टीजर सार्वजनिक (भिडियोसहित)

रिता घिसिंग

एजेन्सी : बलिउड अभिनेता आमिर खान, अभिनेत्री क्यट्रिना कैफ र अभिनेता अभिताभ बच्चन अभिनित फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ को दोस्रो टीजर सार्वजनिक भएको छ ।

सार्वजनिक टिजरमा दमदार डाइलगको साथै ‘सुरैया जान लेगी’ गीतलाई पनि समावेश गरिएको छ । फिल्मको यस गीतमा विशाल दलानी र श्रेया घोषालको आवाज रहेका छ । भिडियोको कोरियोग्राफी प्रभुदेवाको रहेको छ ।

गीतको टिजरमा आमिर खान र कैटरिनाको फिचरिङ रहेको छ । यो गीतको सुटिङ एकदमै भव्यसँग गरिएको थियो । यो फिल्ममा आमिर, कटरिना कैफ, अमिताभ बच्चनका साथमा फातिमा सना शेखको पनि मुख्य भुमिका रहेको छ ।

टिजरको अन्त्यमा लेखिएको छ, ‘गीतको फुल भर्सन केवल थिएटरमा मात्रै देख्न पाइनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू