आमिर र माधुरीको हिट फिल्म ‘दिल’को २९ वर्षपछि दोस्रो सिक्वैल बन्दै

रिता घिसिंग

एजेन्सी : सन् १९९० मा बनेको चर्चित बलिउड फिल्म ‘दिल’को सिक्वैल बन्ने भएको छ । आमिर खान र माधुरी दीक्षितको चर्चित फिल्मको २९ वर्षपछि अर्काे सिक्वैल बन्ने भएको हो ।

यो फिल्मसँगै फिल्मको गीत पनि निकै चर्चामा रहिआएको छ । ‘मुझे निद नआइ’ गीत अझैँ पनि निकै सुनिने गरिन्छ । फिल्मका निर्देशक इन्द्र कुमार आफ्नो नयाँ फिल्म ‘टोटल धमाल’को प्रमोसनका क्रममा दिलको सिक्वैल बन्ने घोषणा गरेका हुन् । ‘टोटल धमाल’ २२ फेब्ररीबाट प्रर्दशनमा आउदैछ ।

उनले एक राम्रो स्क्रिप्टको पर्खाइमा रहेको र स्क्रिप्ट पाइसकेपछि अब अर्काे सिक्वैल बन्ने र नाम पनी दिल नै राखिने कुरा फिल्म टोटल धमालको प्रमोसन कार्यक्रममा सार्वजनिक गरेका हुन् ।

अहिले फिल्ममा कस्को मुख्य भुमिका रहला भन्ने कुराले चर्चा पाएको छ । निर्देशक कुमारले बाँकी कुरा छिट्टै अफिसियल रुपमा सार्वजनिक हुने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू