आयुक्त राजनारायण पाठकद्वारा राजीनामा

शर्मिला गुरुङ

काठमाडौँ, ३ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिनुभएको छ ।

नेपालको संविधानको धारा २३८बमोजिम आजैदेखि लागू हुने गरी उहाँले आयुक्त पदबाट लिखित राजीनामा दिनु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया