आरडिटि चेक गराएर जनतालाई भ्रममा पारियो : नेता शर्मा

खगेन्द्र हमाल

सुर्खेत : नेपाली काङ्ग्रेसका प्रभावशाली युवा नेता डोर प्रशाद शर्माले सरकारको सुस्त व्यवस्थापनका कारण कर्णाली प्रदेशमा कोरोना संक्रमण फैलिएको बताए ।

नेपाली काङ्ग्रेस मटेला सचिब हुँदै पार्टी सभापति र हाल नेपाल स्वास्थ्यकर्मी संघको केन्द्रिय प्रतिनिधि र नेपाल तरुणदलको केन्द्रिय प्रतिनिधिसम्मा रहनुभएका शर्माले तिनवटै सरकारको व्यवस्थापकिय कार्यशैलीमाथी प्रश्न खडा गर्नुभएको छ।

भारत लगायतका मुलुकहरूबाट धमाधम घर फर्किए लगतै कर्णालीमा कोरोना संक्रमण बढेको बताउदै नेता शर्माले भने उद्दार गरेर तिनीहरुको व्यवस्थापन र स्वास्थ्य परिक्षणमा विशेष रुपले जोड दिनुपर्नेमा सरकार यो कार्यमा चुकेको समेत बताए।

बुधबार गरिएको सँवादमा नेता शर्माले भने राज्यले चाहेमा आम नागरिकको स्वास्थ्य परिक्षण गर्न सक्ने भएकोले तिनै तहको सरकार भएको बेलामा संघीय सरकार,प्रदेश सरकार र स्थानीय सरकार संम्वेदनशिल बन्न जरुरी देखिएको र स्थानीय वा प्रदेश सरकार मुख दर्सक बन्ने भय हामी केही साथीहरुको ब्यक्तिगत सहयोगले भएतापनि चिङ्गाडबासिको सेवा गर्ना तयार रहेको बताए।

दश जना आफ्नो मान्छेको उद्दार गरि सयौं जनाको बिल पेश गर्ने तर बिचारा जनताहरु आफ्नो ब्यक्तिगत पैसा तिरेर राजधानीसम्म आउने गुनासाहरु व्यक्त गरिरहेकाले तिनै तहका सरकारलाई जनताप्रति उत्तरदायी,जवाफदेहिता र संबेदनसिल बन्न सुझाव दिए।

चिङ्गाडवासी जनताहरुको ब्यक्तिगत तबरले भयपनी उद्दार गर्ना तयार रहेको बताउदै नेता शर्माले भने उद्दार गरेर मात्रै पुग्दैन उनिहरुको स्वास्थ्य परिक्षण पनि समयमै गरिनुपर्ने बताए।

उद्योग बाणिज्य संघ शाखा चिङ्गाड अध्यक्ष,र मालिका माबी मटेलाका अध्यक्ष समेत रहेका नेता शर्माले चिङ्गाड गाउँपालिकामा भारतबाट आएका ९७० जना नागरिकहरुको छिटोभन्दा छिटो स्वास्थ्य परिक्षण गर्न स्थानीय सरकारलाई सुझाव दिए।चिङ्गाड गाउँपालिकामा अहिलेसम्म ४५८ जनाको आरडीटि र २५ जनाको पीसीआर परिक्षण गरिएको बताए।

साविक वडा २ मा २२ जनाको पीसीआर परिक्षण गरिएको र रिपोर्ट आउन बाकी रहेकोले रिपोर्ट आउन्जेल सम्मका लागि क्वारेन्टाइनमा बस्ने सल्लाह दिएको बताए।

नेता शर्माले भने आरडीटि चेक गराएर जनतालाई भ्रममा पारिएको र सबैको पीसीआर परिक्षण नगरे प्रभावकारी नहुने भएकोले जनताको स्वास्थ्यप्रती तत्काल सरकार संबेदनसिल नबने यो महामारीले विकराल रुप लिन सक्ने बताउदै सरकार तत्काल संबेदनसिल बन्नुपर्ने बताए।

प्रतिक्रिया