‘आराम गर ओली’ तीज गीत सार्वजनिक (भिडियोसहित)

अस्मिता बेल्बासे

काठमाडौं, २२ असार : नेपाली नारीहरुको माहन चाड हरितालिका तीजको अवसरमा विभिन्न कलाकारहरुको आवजमा तीज गीत सार्वजनिक भइरहेका छन् । यसै क्रममा ठट्यौली तीज गीत ‘आरम गर ओली’ नामक गीत सार्वजनिक गरिएको छ ।

फरक शैलीका गीत गाउने पाण्डेले यसपाली गरिव दुखी जनताका पिडाहरुलाई समावेश गरी नेपाली राजनीतिलाई गहकिलो रुपमा प्रहार गरेका छन् । गायक तथा सर्जक नवराज पाण्डेको लय तथा शब्दमा गायिका पुनम सुनार, सरु बन्जाडे, गायक नवराज पाण्डे र अनिश खड्काको आवाज रहेको छ ।

नवराज पाण्डेको निर्देशनमा तयार पारिएको उक्त गीतको म्युजिक भिडियोमा हिमाल पाण्ड, युवराज पन्त, नमराज पाण्डे, अनिश खड्का, कमला थापा क्षेत्री, प्रेम सागर, लगायतको अभिनय रहेको छ भने छायांकन तथा सम्पादन अनिश खड्काको रहेको छ ।

स्वाभिमान क्रियाशनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत ‘आराम गर ओली’ ले दर्शक तथा स्रोताको मन जित्न सफल होस् हाम्रो शुभकामना !!

यो भिडियो हेर्नुस् ।

प्रतिक्रिया