आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाको बैठकबाट स्वीकृत

admin

काठमाडौं, ८ असोज : राष्ट्रिय सभा बैठकले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले स्वीकृत गरेको छ । शुक्रबार बिहान बसेको बैठकले यी दुई विधेयक बहुमतले पारित गरेको हो । यी दुई विधेयक अर्को बैठकमा पारित गर्ने तयारी छ ।

अब अर्को बैठक आउँदो सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ । यी विधेयक प्रतिनिधि सभाबाट पारित भइसकेका छन् । राष्ट्रिय सभाबाट विधेयक पारित भए पछि प्रतिनिधि सभा बैठकमा पठाइने छ । प्रतिनिधि सभाले प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउने छ ।

यसअघि सङ्घीय संसदका दुवै सदनबाट पारित भएको विनियोजन विधेयक २०७८ लाई (हिजो) बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइन् । विधेयक प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ ।

प्रतिक्रिया