आलमले हैन सशस्त्र प्रहरीले नै घाइतेलाई इटा भट्टामा हालेका थिए : प्रत्यक्षदर्शी

मनिषा थापा

पिएनपिखबर : १२ वर्ष अघि रौतहटमा घटेको बम विस्फोटको घटना लुकाउन प्रहरी प्रशासन लागि परेको पिडित परिवारका एक सदस्यले बताएका छन्। पिएनपिखबरसँग कुरा गर्दै विस्फोटमा घाइते भएका र इँटाभट्टामा मारिएका ओसी अख्तरका ससुरा समसुल मियाँले अफ्ताफ आलमलाई भन्दा पहिला घटना दबाउन खोज्ने प्रहरी प्रशासनलाई कारवाही गर्नु पर्ने बताएका हुन्।

उनले घटना हुँदाको तत्कालीन ससस्त्र एसपी राजु लामाको रोहभरमा घटना घटेको दाबी गरेका छन्।  एसपी राजु लामाको गाडीमा घाइतेहरुलाई हालेर लागेको आफ्नै आखाँले देखेको उनको भनाई छ। सशस्त्र प्रहरीका एसपी लामा,  त्यतिबेलाका प्रहरीका प्रमुख एसपी लक्ष्मण न्यौपानेले र  सिडियो दुर्गा भण्डारीको घटनामा प्रत्यक्ष संलग्नता घटना घटाईएको उनको आरोप छ।

घटना भएको आफुले देखेको बताउँदै उनले भने, ‘इट्टाभट्टामा घाइतेहरुलाई हालेर जलाउने प्रशासन थियो। अलाम चुनाबको तयारीमा थिए। सरकारले घटनाको मुख्ययोजनाकार भन्दै आफु बच्नलाई आलमलाई दोष लगायो।’

उनले अघि भने, ‘घटनाको प्रमाण नष्ट गर्न र दबाउने प्रहरी प्रसाशनलाई पहिले कारवाही हुनुपर्छ आलम एक्लैले मात्रै यो घटना घटाईएको हैन। आलम दोषी छन् तर स्वार्थको लागि घटना लुकाउने सबैभन्दा ठुलो अपराधी त्यो बेलाको सरकार हो। उनीहरुले चाहेको भए आज घाइते भएकाहरु जीवित हुन्थे, दोषीले सजाय पाउथे।’ उनले घटनाको पुन छानविन भई घटनामा संलग्न सबैलाई कारवाही हुनुपर्ने माग गरेका छन्। अहिलेको सरकारको कदम प्रति आशाबादी रहेको उनको भनाई छ।

रौतहट बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफ्ताब आलमविरुद्ध सोमबार मुद्दा दायर हुने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रौतहटले उनीसहित ११ जनालाई सर्वस्वसहित जन्मकैदको मागदाबी गर्दैै मुद्दा दायर गर्न लागेको हो ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू