आलिया भट्टकी आमा पनि यौन दुर्व्यवहारको शिकार बनिन्

रिता घिसिंग

एजेन्सी : यौन दुर्व्यवहार विरुद्ध मी टू अभियान चलिरहेकै बेला बलिउड अभिनेत्री आलिया भट्टकी आमा तथा अभिनेत्री सोनी राजदानले आफूमाथि पनि यौन दुर्व्यवहार भएको खुलासा गरेकी छिन्। आफूमाथि यौन दुर्व्यवहार भएको बताएपनि यौन दुर्व्यवहार गर्ने व्यक्तिको नाम भने उनले सार्वजनिक गरेकी छैनन्। सोनीका अनुसार एक फिल्मको शुटिङका क्रममा कसैले उनको बलात्कार गर्ने कोशिस गरेको थियो।

सोनीले एक न्युज वेबसाइटलाई दिएको एक अन्तर्वातामा उक्त खुलासा गरेकी हुन्। उनले आफूले काम पाउनै लागि यौन दुर्व्यवहारको सिकार हुनु नपरेको पनि बताइन्। यद्यपी काम गर्ने समयमा भने उनले पनि यौन दुर्व्यवहारको सामना गर्नु परेको थियो।

यौन दुर्व्यवहारको उक्त घटनाबारे उनलाई कतै पनि उजुरी दिइनन्। ‘म चुप बसेँ। किनभने म उसको परिवारलाई चिन्थेँ। र म उनको परिवार समस्यामा परेको देख्न चाहन्न थिएँ। उनका दुई जना साना बच्चा थिए,’ सोनीले भनेकी छन्।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू