आवेदक सबैलाई आँखुखोलाको शेयर

admin

काठमाडौँ, ११ कात्तिक: आँखुखोला हाइड्रोपावर कम्पनीले आवेदक सबैलाई १० कित्ताका दरले साधारण शेयर (आइपिओ) वितरण गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले आज साधारण शेयरको बाँडफाँट गरेको हो । कूल ४७ हजार ४०० आवेदकले २० कित्ता शेयर प्राप्त गरेका छन् भने ३५ हजार ९१६ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

आवेदनमा भएको कमजोरीका कारण ६१ वटा आवेदकबाट परेको १६ हजार २८० कित्ता भने रद्द गरिएको सिभिल क्यापिटलले जनाएको छ । सो कम्पनीको शेयरमा ८३ हजार ३१६ जना लगानीकर्ताले आवेदन दिएका थिए । कूल मागको ४.४३ गुणा बढी हो ।

कम्पनीले धादिङको आँखुखोलामा ८.४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । कम्पनीले केही समय पहिले आयोजना प्रभावितलाई समेत साधारण शेयर बिक्री गरेको थियो ।
-रासस

प्रतिक्रिया