आश्रममा बस्दा पनि छोरालाई घर बनाइदिने यी आमाको मनै रुने धोको [भिडियो सहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। सडक पेटी तथा सार्वजनिक स्थलहरुमा कष्टकर जीवनयापन गर्न बिवस अशक्त, अनाथ, अपाङ्ग, मनोरोगी, र बेवारिसे व्यक्तिहरुको सेवा गर्ने उदेश्यले संचालित भक्तपुरको कमलविनायकमा अवस्थित मानव कल्याण समाज थुप्रै असाहय बृद्ध वृद्धाहरुको आश्रय बनिसकेको छ। सोहि मानव कल्याण समाजमा आश्रय लिरहेका २६ वर्षीय युवक र उनकी आमाको एक छुट्टै दर्दनाक कथा छ।

पनौतीको ज्यालापाटिमा एउटा सानो भत्केको घर नवराजको परिवार बस्छन्। एक भित्तो इट्टाको छ त एक भित्तो जस्ताले बारिएको छ। यहीँ भत्किएको सानो झुपडीलाई महल मानेर बसेका छन् यी बिक परिवार।

‘बा सधै रक्सि खानु हुन्थ्यो त्यहिँ टेन्सनमा मैले पनि ८ कक्षा मै पढाई छोडेर रक्सि खान थाले। मलाई लत नै लाग्यो रक्सिको साथि संगी पनि त्यस्तै भए अनि मैले आफ्नो जीवन आफै बिगारे। ‘ नवराज बिकले निन्याउरो अनुहार पार्दै भने।

नवराज एक्लो छैनन्। उनको आमा एउटा भाई अनि बुबा छन्। उनका भाई कता छन् के गर्छन् उनलाई नै थाहा छैन। उनको अत्तोपत्तो छैन भन्दा पनि फरक नपर्ला। उनकी आमा पनि मनरोगि छिन्। घरको अवस्था एकदम नाजुक छ। उनका पिता बिहान देखि नै रक्सिको तालमा हुन्छन्। उनको पारिवारिक अवस्था हेर्दा एस्तो लाग्छ कि संसार कै अभागी त उनको परिवार पो हो।

त्यहिँ एउटा आफ्नो आधा भत्किएको घर पनि आफ्नो निजि सम्पत्ति होइन। घर भित्र सरसामान यत्ति अस्तव्यस्त छ कि त्यहा एउटा पाइला राख्ने ठाउँ समेत छैन। सरसामानहरु यत्ति छरप्रस्ट छन् कि कता सुत्ने कता खाने केहि मेलोमेसो छैन। जब मानव कल्याण समाजका एक सेवक त्यहाँ पुगे तब नवाराज्का पिताले कराईमा सिङ्गै टमाटर भुटेर चिउरा संगै खाएको दृश्यले उनलाई भावविह्वल बनायो। मन बिक्षिप्त पार्दै उनले स परिवारलाई मानव कल्याण समाजको आश्रममा लाग्ने निधो गरे।

अन्तत: उनले नवराज र उनकी आमालाई भक्तपुरमा रहेको मानव कल्याण समाज सम्म ल्याइपुराए। नवराजका पिता भने आश्रममा आउन मानेनन्। हाल उनीहरुको अवस्था निकै सुध्रिसकेको छ। तुलनात्मक हिसाबमा हेर्ने हो भने पहिला र अहिले आकाश पातालको फरक भेटिन्छ।

शुरुमा भेट्दा नवराजकी आमाको हात भरि चुरा, जिउमा लुगै लुगाको पोको कपाल जिग्रिंग थियो। अहिले उनी सुकिलो मुकिलो भएर बसेकी छिन्। आश्रममा आउने नयाँ व्यक्तिलाई उनि स सम्मान नमस्कार सहित स्वागत गर्छिन्। उनको उपचार खर्च पनि सबै मानव कल्याण समाजले नै बेहोरेको छ। उनको मानसिक अवस्था पनि बिस्तारै सुध्रिदै गएको उनको हाउभाउ र बोलिचालीबाट पनि प्रस्ट हुन्छ।

नवराज पनि अब पहिलोको जस्तो रक्सीको मातमा हुँदैनन्। शुरुमा त उनी आश्रममा पुग्दा रक्सीको गन्ध सँगै छिरेको आश्रम कै अध्यक्ष सुमित्रा चौलागाईंले बताइन्। तर अब उनी पहिलाको नवराज रहेनन्। उनको आनीबानी, बोलीबचन सबै बद्लिएको छ। अहिले उनी आर्थिक रुपमा कम्जोर भएता पनि मानसिक रुपमा निकै दरिला भइसकेका छन्। अब त उनी घर गएर केहि काम गरेर आफ्नो आमाबुबा पाल्न सक्छु भन्ने समेत भइसकेका छन्। उनको इक्षा पनि अब घरमा नै गएर दुखेसिजिलो गरेर जिविको पार्जन गर्ने छ तर उनको स्वास्थ्यमा केहि समस्या भएकाले उनलाई घर नपठाएको आश्रमकै अध्यक्ष सुमित्रा चौलागाईले बताइन्।

उनलाई केहि समय अघि जन्डिस भएको थियो साथै धेरै रक्सि सेवनले उनको शरीरमा रगतको कमि छ। उनी जति बेला पनि ढल्न सक्ने सम्भावना छ। उनको उपचार आश्रममा नै भइरहेको छ। आशा गरौ उनको स्वास्थ्य स्थिति छिट्टै राम्रो हुनेछ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू