इजरायलमा रोजगारीका लागि १६ सय जनाको नाम सिफारिस

admin

काठमाडौं, १० असोज : इजरायलमा रोजगारीका लागि १६ सय जनाको नाम सिफारिस भएको छ । वैदेशिक रोजगार विभागले आइतबार बिहान इजरायलमा केयरगिभरका लागि जान चाहानेमध्येबाट १६ सय जनाको नाम सिफारिस गरेको हो ।

विभागले भाषा परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी मध्येबाट ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नाम सिफारिस गरेको हो । अब इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ ।

इजरायलले एक हजार कामदारलाई रोजगारीका लागि छनोट गर्नेछ । रोजगारीका लागि एक हजार जनाको कोटा भए पनि ७ हजारले परीक्षा दिएका थिए ।

प्रतिक्रिया