इजिप्टमा रेल दुर्घटना, सात जनाको मृत्यु

रिता घिसिंग

कायरो, १५ फागुन (रासस /एएफपी) : इजिप्टको कायरोस्थित रेलवे स्टेसनमा बुधबार भएको दुर्घटनामा कम्तीमा सात जनाको मृत्यु भएको छ । 

इजिप्टको सुरक्षा र चिकित्सक सेवाका अनुसार यस दुर्घटनापछि रम्सेस रेलबे स्टेसनमा ठूलो आगलागी भएको र यसमा अन्य २० जना घाइते भएका छन् । 

 

आगलागी परी २० व्यक्ति घाइते भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान रहेको छ । 

 

प्रहरीले घटनाको अनुसन्धान शुरु गरिसकेको जनाएको छ । 

 

प्रतिक्रिया