इटहरीका मेयरको उल्टै प्रश्न “रबि लामिछाने चाहिं अराजक छैनन् ?” (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : पछिल्लो समय इटहरीका मेयर द्वारिका चौधरी पत्रकारलाई नाकको हड्डी भाच्‍न १ करोड रुपैयाँ नै छुट्टयाएको अभिव्यक्ति दिएपछि थप आलोचनाको सिकार बनेका उनी अन्तर्वार्ताहरु दिनमा पनि व्यस्त देखिन्छन। उनको अभिव्यक्तिप्रति केहिले सकारात्मक टिप्पणी गरिरहेका छन्। भने केहिले कारबाही गर्नु गर्छ भन्दै प्रतिक्रिया पनि दिईरहेका छन्।

मेयर चौधरीले पीत पत्रकारिता गर्नेहरुले आफूमाथि एक वर्षदेखि लगातार आक्रमण गरेको कारण आफुले आबेशमा आएर धम्कि दिएको स्वीकारेका छन्।

आफ्नो इमान्दार प्रति आफु बिस्वस्त रहेका कारण पार्टी वा सरकारले जस्तो सुकै कारबाही गरेपनि आफु भोग्न तयार रहेको र बिना प्रमाण समाचार सम्प्रेषण गर्ने बानी सुधार्न समेत पत्रकारहरुलाई आग्रह गरेका छन्।

बाँकि हेर्नुहोस भिडियोमा:

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू