इन्डिगोको गोवा–दिल्ली उडानमा समस्या, हवाई दुर्घटना टर्यो

राष्ट्रिय समाचार समिति

पणजी, गोवा, १३ असोज (रासस-एएनआई) – भारतको गोवाबाट नयाँदिल्लीतर्फ उडेको इन्डिगो विमानको इन्जिनमा समस्या आएपछि गोवा विमानस्थलमै आपतकालीन अवतरण गरिएको छ । विमानमा करिब २०० जना यात्रु सवार थिए ।

इन्डिगोको ६ई–३३६ विमान गोवाबाट उड्नासाथ पाइलटले इन्जिनमा समस्या आएको पत्ता लगाएका थिए । पाइलटले तत्कालै उक्त जहाज गोवाकै डाबोलिम विमानस्थलमा फर्काएर आकस्मिक रुपमा सकुसल अवतरण गराएका थिए ।

इन्डिगोका तर्फबाट जारी गरिएको वक्तव्यमा पाइलटले इन्जिनमा समस्या देखिएपछि तत्कालै गोवा विमानस्थलमा विमान अवतरण गराएका र विमानको जाँच शुरु गरिएको उल्लेख छ । वक्तव्यमा सबै यात्रुलाई अर्को विमानमा राखेर गन्तव्यतर्फ पठाइएको पनि जनाइएको छ ।

प्रतिक्रिया