इराक कोरोना अस्पतालमा अक्सिजन ट्याङ्क विस्फोट, २३ जनाको मृत्यु

admin

एजेन्सी, १२ बैशाख : इराकको बग्दादमा कोरोना अस्पतालमा अक्सिजन ट्याङ्क विस्फोट हुँदा २३ जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । ज्यान गुमाउने धेरैजसो आईसीयूमा उपचार गराइरहेका बिरामी छन् ।

बग्दादमा रहेको खातिब अस्पतालमा आईसीयू वार्ड बाहिर अक्सिजन ट्याङ्क विस्फोट हुँदा आगलागी भएको बीबीसीले जनाएको छ । घटनामा ९० जना बिरामी र बिरामीका आफन्तहरुलाई उद्धार गरिएको खबरमा उल्लेख गरिएको छ । इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीले घटनाप्रति दुस्ख व्यक्त गर्दै घटनाबारे तत्काल अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया