इरानद्वारा बेलायती राजदूत पक्राउ

मनिषा थापा

एजेन्सी :  इरानले आफ्नो देशका लागि बेलायती राजदूतलाई पक्राउ गरेको छ । इरानले हालै युक्रेनी विमान खसाएको स्वीकार गरेपछि तेहरानमा भइरहेको सरकारविरोधी प्रदर्शनको क्रममा बेलायती राजदूतलाई पक्राउ गरेको हो ।

बेलायती राजदूत रब म्याकायरलाई ३ घण्टासम्म हिरासतमा राखेको र त्यसपछि छाडेको बताइएको छ । बेलायतले यसलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भनेको छ ।

राजदूत रबले इरानमा भएको एक जुलुसमा भाग लिएका थिए जुन जुलुस दुर्घटनामा मारिएकाहरुलाई श्रद्धाञ्जलीस्वरुप आयोजना गरिएको थियो तर पछि त्यो जुलुस सरकारविरोधी प्रदर्शनमा परिणत भएको थियो ।

जुलुस प्रदर्शनमा परिणत भएपछि उनी बेलायती दूतावास फर्किदै थिए । यही क्रममा बीचमा उनी कपाल काट्नको लागि एक बार्बर पसलमा पसेका बेला त्यहीँबाट पक्राउ गरिएको थियो ।

बेलायतका विदेश सचिव डोमिनिक राबले एक वक्तव्य जारी गर्दै कुनै पृष्ठभूमि वा जानकारी बिना आफ्ना राजदूतलाई पक्राउ गरिनु अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भएको भनेका छन् ।

प्रतिक्रिया