ईपीएल क्रिकेट : काठमाडौं र पोखराबीचको खेल स्थगित

admin

काठमाडौं, १२ असोज : एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट अन्तर्गत मंगलबार हुने भनिएको काठमाडौं किङ्ग्स इलेभेन र पोखरा राइनोजबीचको खेल पनि स्थगित भएको छ ।

मंगलबार बिहान सवा १२ बजे खेल सुरु हुने तालिका रहे पनि मैदान ओसिलो भएका कारण सुरु हुन नसकेकोमा दिउँसो फेरि पानी परेपछि खेल स्थगित भएको हो । वर्षाका कारण सोमबार पनि दुवै खेल स्थगित भएका थिए । सोमबार स्थगित भएका काठमाडौं र विराटनगर तथा भैरहवा र चितवनबीच नयाँ मितिमा खेल हुने आयोजक ईपीएल प्रालीले जनाएको छ ।

प्रतिक्रिया