उखु किसानद्वारा आन्दोलनको घोषणा

admin

नवलपरासी, माघ १३ : नवलपरासीका उखु किसानहरुले संघर्षका विभिन्न कार्यक्रम अघि सारेका छन् । सरकारलेसमेत भुक्तानी दिलाउन नसकेपछि उनीहरुले राजमार्ग बन्ददेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्ने कार्यक्रम घोषणा गरेका हुन् ।

सोमबार उखु उत्पादक कृषक समिति नवलपरासीले विज्ञप्ति निकालेर यही माघ १४ देखि २० गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । सोअनुसार राजनीतिक दलहरुसँग छलफल, किसान जागरण अभियान, वृहत् किसान भेला, राजमार्ग अवरुद्धलगायतका कार्यक्रम रहेका छन् ।

२० गतेसम्मको कार्यक्रमको समीक्षापछि काठमाडौंकेन्द्रित आन्दोलनको मिति तय गरिने समितिले जनाएको छ । सरकारले यही माघ ७ गतेभित्र उद्योगीबाट रकम तिराउने गरी किसानसँग सहमति गरी काठमाडौंको आन्दोलन स्थगित गराएको थियो ।

प्रतिक्रिया