उखु गुलियो, व्यथा अमिलो

admin

काठमाडौँ, मंसिर २० : सबैभन्दा बढी उखु उत्पादन हुने जिल्ला हो सर्लाही। सरकारी तथ्यांकअनुसार यहाँ १८ हजार ९०६ हेक्टरमा उखु खेती हुन्छ। तर, अहिले यसै क्षेत्रका किसान उखु खेती गर्न मन गर्दैनन्।

कारण उधारोमा बेच्नुपर्ने बाध्यता, लागत वृद्धि र मलखादको अभाव। बिक्री भए पनि हातमा नगद पार्न आन्दोलन र अनशन बस्नुपर्ने सास्तीले खेती गर्न छाडेको किसान बताउँछन्। ‘पहिला त एक बिघामा खेती गर्थे। अहिले १० कठ्ठामा मात्रै गर्छु,’ महोत्तरीको गौशाला १ कुसमारीका प्रदीप कार्की भन्छन् ।’

सर्लाहीमा सात वर्षअघिसम्म वार्षिक ७०–८० लाख क्वीन्टल उखु उत्पादन हुन्थ्यो। गत वर्ष ३५ लाख क्वीन्टलमा सीमित भयो।

यो वर्ष ४० प्रतिशतले खेती घटेकाले उत्पादन २० लाख क्वीन्टलको हाराहारीमा झर्न सक्ने बताउँछन् नेपाल उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनाली। ‘मूल्य र मलखादकै समस्याले किसान उत्पादन गर्न रुचाउँदैनन्, त्यसैले उत्पादनमा ह्रस आएको हो,’ मैनालीले भने।

नेपालका ४१ जिल्लामा उखु खेती भए पनि तराईका ११ जिल्लामा व्यावसायिक खेती हुन्छ। व्यावसायिक खेती हुने सबै जिल्लाका किसानको पीडा सर्लाहीको भन्दा कम छैन।

समस्या एउटै भएकाले किसानले यसको विकल्पमा अन्य खेती रोज्न थालेका हुन्। उनीहरू अहिले उखु खेतीको साटो केरा, धान, मकै र ड्रायगन जस्ता खेती रोज्न थालेका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया