उडिरहेको विमानमा यो जोडीको हर्कत देखेर चकित परे यात्रु, भाइरल हुँदै भिडियो

रिता घिसिंग

एजेन्सी : विमानमा यो जोडीले गरेको क्रियाकलापको भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । यो विमान उडिरहेका बाथरुमनजिकै एक जोडीले जे गर्छन् त्यो देखेर सबै यात्रुहरु चकित परेका छन्। भिडियोमा बाथरुमछेउको खाली ठाउँमा एक युवक र एक युवती योगा गर्न थाल्छन् । विमानको पछिल्लो भागमा केही व्यक्तिहरु सुतिरहेका देखिएका छन् । अन्य यात्रु भने दंग परेर उनीहरुको क्रियाकलाप हेरिरहन्छन् ।

अमेरिकाका केही रियालिटी शोमा देखिइसकेका जोकोलस कलरिजले यो भिडियो पोस्ट गरेका हुन् । दावी गरिएको छ कि यो भिडियोमा योगा गर्ने निकोलस आफैं हुन् । यो कुन फ्लाइटको भिडियो हो र कसरी खिचियो भन्ने प्रस्ट भएको छैन । भिडियो पोस्ट भएपछि हजारौं युजरले यो भिडियोमा प्रतिक्रिया दिएका छन् । केहीले यसलाई रमाइलो भनेका छन् भने केहीले बेवकुफी । केहीले भने विमानलाई बेडरुम नसम्झिन पनि भनेका छन् ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया