उत्तर कोरियाले जापानको समुद्रमा फेरि मिसाइल प्रक्षेपण गर्‍यो

admin

एजेन्सी, १२ असोज : जापानको समुद्रमा उत्तर कोरियाले फेरि मिसाइल प्रक्षेपण गरेको छ । उत्तर कोरियाले प्रहार गरेको मिसाइल मंगलबार बिहान खसेको दक्षिण कोरियाले जनाएको हो ।

केही समय पहिले उत्तर कोरियाले क्रुज मिसाइल र ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको थियो । दक्षिण कोरियासँग वार्ताका लागि तयार रहेको बताएको केही दिनमै उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको हो । जापानको रक्षा मन्त्रालयका अनुसार बिहान उत्तर कोरियाले प्रहार गरेको प्रोजेक्टाइल ब्यालेस्टिक मिसाइल हुन सक्ने स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रतिक्रिया