उत्तर कोरियाले नयाँ प्रकारको ब्यालिस्टिक मिसाइल सार्वजनिक गर्‍यो

admin

एजेन्सी, २ माघ : उत्तर कोरियाले नयाँ प्रकारको ब्यालिस्टिक मिसाइल सार्वजनिक गरेको छ । उत्तर कोरियाले यसअघि नदेखिएका अस्त्रहरु अहिले सार्वजनिक गरेको विश्लेषकले बताएका छन् । सरकारी सञ्चारमाध्यमले त्यसलाई संसारकै सबैभन्दा शक्तिशाली अस्त्र भनेर वर्णन गरेका बीबीसीले जनाएको छ ।

प्योङयाङमा सैनिक परेडका क्रममा धेरै क्षेप्यास्त्र प्रदर्शन गरिएको र त्यसलाई सर्वोच्च नेता किम जोङ उनले अवलोकन गरेका खबरमा उल्लेख गरिएको छ । अमेरिकाको राष्ट्रपतीय चुनावमा निर्वाचित जो बाइडेनको शपथ कार्यक्रमभन्दा केही दिनअघि उत्तर कोरियाले आफ्नो सैनिक सामर्थ्य प्रदर्शन गरेको हो ।

प्रतिक्रिया