उद्घाटनमै व्यस्त प्रधानमन्त्री ओली, पूरा नभएको गोदावरी हल भोलि उद्घाटन गरिदैं

admin

काठमाडौं, ३० बैशाख : पूरा नभएका आयोजना उद्घाटन गरिरहेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले गोदावरीमा निर्माण भइरहेको सनराइज सम्मेलन केन्द्रको उद्घाटन गर्न लागेका छन् । ओलीले शुक्रबार दिउँसो बालुवाटारबाट भर्चुअल रुपमा केन्द्रको उद्घाटन गर्ने र केही कर्मचारी गोदावरीमै जाने शहरी विकास मन्त्रालयले जनाएको छ ।

 कोरोना संक्रमितलाई अक्सिजन नभएर अवस्था भयावह भइरहेको बेला पनि प्रधानमन्त्री ओली भने पूरा नभएका आयोजना उद्घाटनमै व्यस्त छन् । प्रधानमन्त्री नै गोदावरी जाने भनेर यसअघि मन्त्रालयले निमन्त्रणा कार्ड बाँडेपछि चौतर्फी आलोचना भएको थियो । आलोचनापछि प्रधानमन्त्रीले बालुवाटारबाटै उद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।

गोदावरी हलको पूरै काम भने सम्पन्न भएको छैन । सिट व्यवस्थापन, रंग रोगन, साउन्ड सिस्टम लगायतका काम बाँकी रहेका छन् । हल बाहिर पार्किङ र बगैँचाको काम सुरु नै भएको छैन । काम पूरा नभए पनि प्रधानमन्त्री कार्यालयकै दबाबमा उद्घाटनको तयारी भएको शहरी विकास मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया