उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

admin

काठमाडौं, मंसिर १४ : नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभाबाट निर्वाचित कार्यसमितिले आज पदबहाली गरेको छ। आजदेखि महासंघको अध्यक्षको रुपमा शेखर गोल्छाले पदभार ग्रहण गरेका छन्। गोल्छा यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए।

विधानको व्यस्थाअनुसार गोल्छा स्वत: अध्यक्ष भएका हुन्। महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, उपाध्यक्षहरु दिनेश श्रेष्ठ, रामचन्द्र संघई र अन्जन श्रेष्ठ रहेका छन्। नवनिर्वाचित कार्यकारिणि समिति सदस्यहरु तथा पदाधिकारीहरुले सपथग्रहण तथा पदभार ग्रहण आजै काठमाडौंमा गरेका थिए।

महासंघको विधानअनुसार जिल्ला नगर, वस्तुगत र एशोसिएट्स समूहमा एक/एक जना उपाध्यक्ष हुन्छन्।ती समूहमा रहेका मतदाताले आफ्नो समूहको एक जना उपाध्यक्ष चयन गर्छन्। सबै समूहमा रहेका मतदाताहरूको संयुक्त भोटिङबाट वरिष्ठ उपाध्यक्ष चयन हुने व्यवस्था छ।

विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वत: अध्यक्ष हुन्छन्। महासंघको कार्यकारीणी समितिमा निर्तमान अध्यक्ष पदेन सदस्यको रूपमा हुन्छन्। त्यस्तै प्रदेश उद्योग वाणिज्य संघको तर्फबाट प्रतिनिधत्व गर्ने ७ जना सदस्य निर्वाचित हुन्छन्।

प्रदेश अध्यक्ष पनि पदेन सदस्य हुने व्यवस्था छ। जिल्ला नगर वाणिज्य संघबाट १८ जना सदस्य निर्वाचित हुन्छन् भने वस्तुगतबाट १४ जना,द्विराष्ट्रियबाट एक जना र एशोसिएट्सबाट १९ जना सदस्य निर्वाचित हुन्छन्।

प्रतिक्रिया