उपचारका लागि नेता पुन भोलि थाइल्याण्ड जादैं

admin

काठमाडौं, १२ असोज : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि थाइल्याण्ड जाने भएका छन् । जण्डिस (कमलपित्त) को वंशानुगत समस्या भएका पुन केहीदिनदेखि बिरामी छन् । सुमेरु अस्पतालमा उपचार गराइरहेका पुनलाई बुधबार बिहान बैंककस्थित समितिभेज अस्पतालमा लैजान लागिएको स्रोतले बताएको छ ।

पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको बताइएको छ । चार वर्षअघि पनि पुनलाई यस्तै समस्या देखिएको हो । त्यो बेलामा समेत पुनले बैंककमा उपचार गराएका थिए । कमलपित्तको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै नेता पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिएका थिए ।

नेता पुनका स्वकीय सचिव सन्तोष पुनले अध्यक्ष दाहाललगायतका नेताहरूको सल्लाहपछि थप उपचारका लागि उनलाई थाइल्यान्डको बु्रमुङगार्ड अस्पताल लैजाने तयारी गरिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार नेता पुनलाई वंशानुगत रूपमा संक्रमण भएको कमलपित्तले दुःख दिने गरेको छ । पूर्व अर्थ तथा ऊर्जा मन्त्रीसमेत रहेका नेता पुनले बुधबार बिहानै श्रीमती तथा पूर्वसभामुख ओनसरी घर्तीका साथ बैंकक जाने तयारी गरेका छन् ।

प्रतिक्रिया