उपचार खर्च माग्दा आफ्नै भाइले मरणासन्न हुने गरी कुटेर बाँसघारीमा फालिदिए

admin

पिएनपिखबर, भक्तपुर : सामाजिक संजालमा भाइरल भैरहेका भिम बहादुर बिकलाई भेट्न काठमाडौँ देखि चितवनको देवघाट पुग्दा भिम जस्ता देवघाटमा बसेर भक्तजन मार्फत दान गरिएको रकमले आफ्नो जिविको पालन गर्ने धरै भेटिए । कोहि घर परिवारबाट अपहेलित भएर मागेर बसेका थिए भने कोहि आर्थिक स्थिति कम्जोर भएकाले गर्दा मागेर बसेका थिए। धेरै मध्य कि एक बृद्ध आमा तिर हाम्रो नजर गयो। व्हिलचिएरमा बसेकी यी बृद्ध आमाले पहेलो रंगको राम-राम लेखेको सल टाउकोमा बाधेकी थिइन्। कुरा गर्दै जाँदा यी बृद्ध आमाले आफ्नो नाम जानुका अर्याल बताइन्।

पिता मिननाथ आर्याल र माता थापाकुमारी अर्यालकी एक मात्र छोरी जानुका अर्याल जन्मजात नै अपांग रहेछिन्। भक्तपुर, कटुन्जेकी जानुका अहिले देवघाटमा मागेर जिविको पार्जन गरिरहेकी छिन्। जन्मजात नै अपांग भएकाले उनी हालसम्म पनि अविवाहित छिन्। ६५ वर्षको बुढेसकालमा उनको कोहि सहारा छैनन्।

अपांग छोरी हामी नहुँदा के गरेर खाली, कसको भरमा बाच्ली, भनेर थोरै सम्पत्ति उनको बुबाआमाले उनको लागि राखिदिएका थिए। परिवारमा उनको एक दाई र एक भाई थिए तर उनको दाईको स्वर्गवास भएको धेरै भइसक्यो। भाई हुनु र नहुनु उनको जीवनमा उस्तै छ। बाउआमाले दिएको जग्गाकै भरमा उनी कटुन्जेमा बस्ने गर्थीन्। कतिन्जेल अपांग जीवन बाच्नु, उपचार गरेर निको पो हुन्छ कि भनेर उनले आफ्नो भाईसँग उपचार गर्न खर्च मागिन्। तर उपचार गरे पछि निको होलिन् अनि आफैले पाल्नुपर्ला भनेर उनको आफ्नै कान्छा भाइले मरणासन्य हुने गरी कुटेर मरिन् भनेर घर नजिकैको बाँसघारीमा फालिदिए। तिन दिन पछि यी बृद्ध आमा बिउझिन। पुनर्जीवन पाएकी यी आमालाई अब कहाँ जाने भनेर अन्यौलता भयो। त्यहाँबाट कसरी देवघाटसम्म आइपुगिन् उनी आफैलाई थाहा छैन। देवघाटसम्म आफुलाई भगवानले डोराएर ल्याएको उनी बताउँछिन।

उनलाई नसाको समस्या छ। नसाकै कारण उनको खुट्टा मचक्क टेकिदैन। खान कै लागि भए पनि उनले काम गर्नु पर्ने बाध्याता थियो। लठ्ठीको सहाराले सकिनसकी घिस्रिदै भए पनि केहि समय उनले देवघाटमा अरुको घरमा भाडा माझ्ने काम गरिन्। उनको कमजोर शरीरले उनलाई काम गर्न दिएन। अहिले उनी व्हिलचियरमा बसेर दिनभरी देवघाटको मन्दिरमा माग्ने गर्छिन्। मन्दिर नजिकै उनको कोठा रहको छ। अँधेरी रात छल्न उनी त्यहिँ कोठामा टाउको लुकाउछिन्। उनलाई घरबेटी कमला कार्कीले निशुल्क कोठा प्रदान गरिरहेकी छिन्। बिरामी पर्दा समेत घरबेटीले नै स्याहारसुसार गर्ने र औषधि किनेर ल्याइदिने गर्छिन्।

हामी आमासँग कुराकानी गर्ने क्रममा देवघाटमा उनीसँग नजिकै स्थानीय दिलमाया पनि बसिरहेकी थिइन्। हिडडुल गर्दा चक्कर लागेर ढल्दा दिलमायाले नै उठाउने गरेको यी आमा बताउछिन्। अरुले पकाएको नखाने हुँदा कुनै संघ-संस्थाको आश्रयमा जान नचाहने यी आमाको अब अन्तिम स्वास पनि यहि देवघाटमा नै जावोस् भन्ने इक्षा रहेको छ।

प्रतिक्रिया