उपत्यकाका सडक भताभुंगः खन्दै, पुर्दै, फेरि खन्दै

admin

काठमाडौं,भदौ २९: सडक डिभिजन कार्यालय काठमाडौँ र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले ढलको पाइप राख्न गत असारमा चाबहिल–चुच्चेपाटी सडक खने । खनेको सडक मर्मत नगरी छाडेपछि एक महिनासम्म सर्वसाधारणले सास्ती भोगे ।

एक महिनापछि सडक खनेर पुरेलगत्तै फेरि ढल मर्मत गर्न भन्दै सडक खनियो । खनेको सडक नपुर्दा पानीमा हिलो र घाममा धुलोले सर्वसाधारण आक्रान्त छन् । ढलको मंगाल पनि खुलै छाडिएको छ ।

चाबहिलका प्रकाश ढकालका अनुसार चाबहिल–चुच्चेपाटी सडक काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय, सडक डिभिजन कार्यालय काठमाडौँ, उपत्यका सडक विस्तार आयोजना, केयुकेलगायत निकायले ढल र खानेपानी पाइप राख्ने नाममा बारम्बार खन्दै र पुर्दै आएको छ । यो समाचार आजको नागरिक दैनिकमा श्याम राईले लेखेका छन् ।

प्रतिक्रिया