उपत्यकाका ३ हजारमा परीक्षण गर्दा ३ जनामा कोरोना पोजेटिभ, आज थप १६७ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, १ साउन : बिहीबार थप १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप १६७ जनामा संक्रमण पुष्टि भएसँगै हालसम्म नेपालमा सक्रमितको संख्या १७ हजार ३४४ पुगेको जानकारी बताए ।

उनले हालसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ५६ रहेको पनि जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको संक्रमण दर कम हुँदै गएकाले नै परीक्षण पनि कम भएको स्पष्ट पारेको छ ।

डा. गौतमले नेपालमा दैनिक १० हजार बढी नमुना परीक्षण गर्न सक्ने क्षमता रहेको बताए । हाल देशका विभिन्न २७ प्रयोगशालाबाट पीसीआर जाँच हुँदै आएको छ ।

गौतमले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ३ हजार जनाको नमुना संकलन गरेर पीसीआर विधिबाट परीक्षण गर्दा ३ जनामा मात्रै कोरोना पोजेटिभ देखिएको बताए ।

यसले संक्रमण दर कम हुँदै गएको पुष्टि हुने उनले बताए । तर संक्रमित कम भएपनि जोखिम भने कम नभएको उनको भनाइ छ । उनका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९८१ जनाको नमुना परीक्षण भएको छ ।

प्रतिक्रिया