उपत्यकामा थप २२८३ जनासहित देशभर ४ हजार ४७ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, २६ असोज : सोमबार चार हजार ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या एक लाख ११ हजार आठ सय दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २२८३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १ हजार ८८८ भक्तपुरमा ११८ र ललितपुरमा २७७ जनामा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार पाँच सय ३० जनाको नमुना परीक्षण गरिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा एक हजार चार सय ७३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ७७ हजार दुई सय ७७ पुगेको छ । अब नेपालमा ३३ हजार आठ सय ८० जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् ।

यस्तै चार हजार आठ सय ३१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा नौ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ सय ४५ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया