उपत्यकामा भोलिबाट निषेधाज्ञा खुकुलो, जोरबिजोर प्रणालीमा यातायात सञ्चालन हुने

तुलसी नेपाल

काठमाण्डौ – उपत्यकाका तीन वटै जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरका सिडिओहरुले भोलिबाट निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेका छन् ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन प्रमुखको संयुक्त बैठकले बिहीबारदेखि १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने तर जोर-बिजोर प्रणाली लागू हुने निर्णय गरेको छ । निजी सवारी साधनमा पनि जोर विजोर प्रणाली लागू हुने काठमाडौँका प्रजिअ जनकराज दाहालले जानकारी दिए ।

काठमाण्डौ उपत्यकामा भदौ ३ गते मध्यरातबाट लागू भएको पूर्ण निषेधाज्ञाको पछिल्लोपटक थपिएको समय बुधबार मध्यरात सकिँदै छ ।

त्यस्तै, पसल र व्यवसायहरु दिनभरि चल्न पाउने निर्णय भएको छ । बिहान ११ बजेसम्म र बेलुका ४ बजेदेखि डिपार्टमेन्टल स्टोर र सपिङ मल पनि खोल्ने निर्णय भएको दाहालले जानकारी दिए ।

तर मानिसहरुको भीडभाड हुने क्षेत्रहरु भने खुला गरिएको छैन ।

प्रतिक्रिया