उपत्यकामा मात्रै ९०२ संक्रमित, कोरोनाबाट मृत्यु हुनेको संख्या ४९८ पुग्यो

admin

काठमाडौं, १४ असोज : बुधबार एक हजार पाँच सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ७७ हजार आठ सय १७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार दुई सय पाँच जनाको नमुना परीक्षण गर्दा उपत्यकामा मात्रै ९०२ जनासहित देशभर एक हजार पाँच सय ५९ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै गएको २४ घण्टामा एक हजार ५७ जना जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ५६ हजार चार सय २८ पुगेको छ ।

अब नेपालमा २० हजार आठ सय ९१ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच हजार चार सय २८ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय ९८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया