उपत्यकामा १०५१ सहित देशभर २३५१ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, ८ बैशाख : बुधबार नेपालमा नौ हजार ६ सय ४७ जनाको परीक्षण गर्दा दुई हजार तीन सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आठ हजार आठ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार दुई सय २० जनामा र आठ सय तीन जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ३१ जना गरी २३ सय ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार थपिएकासँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या दुई लाख ८९ हजार नौ सय १८ पुगेको छ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै एक हजार ५१ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा सात सय ८६, ललितपुरमा एक सय ८१ र भक्तपुरमा ८४ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि १० हजार नाघेको छ । सक्रिय संक्रमितको संख्या १० हजार पाँच सय ८२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया