उपत्यकामा १६१५ सहित २३६४ जना कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु

admin

काठमाडौं, कात्तिक १३ : पछिल्लो २४ घण्टामा २३६४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा १६१५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना संक्रमित थपिएका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । पछिल्लो २४ घण्टामा ९७६९ जनाको पीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ । पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमणबाट मृ’त्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ९०४ पुगेको छ ।

प्रतिक्रिया