उपत्यकामा ८०९ जनामा संक्रमण पुष्टि, कोरोनाबाट मृत्यु हुनेको संख्या चार सय ७७ पुग्यो

admin

काठमाडौं, ११ असोज : आइतबार नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ७३ हजार तीन सय ९४ पुगेको छ । आइतबार एक हजार पाँच सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा १० हजार एक सय २३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय ७३ जनामा संक्रमण देखिएको हो । बितेको २४ घण्टामा आठ सय ८५ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ५३ हजार आठ सय ९८ जना पुगेको छ ।

अब नेपालमा १९ हजार १९ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार दुई सय ८१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा १० जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय ७७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया