उपत्यका निषेधाज्ञा : चोक चोकमा चेकजाँच कडाई

admin

काठमाडौं, ३१ बैशाख : कोभिड-१९ संक्रमण रोकथामका लागि उपत्यकामा आगामी जेठ १३ गतेसम्म थप गरिएको निषेधाज्ञामा जारी छ । निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका सडकमा सवारी आवागमन निकै न्युन छ । काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

चोक चोकमा प्रहरीले चेकजाँचलाई कडा बनाएको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरेको हो । शुक्रबार बिहान मात्र निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ६९७ ओटा सवारी साधनलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ ।

जसमा ५४५ वटा २ पाङग्रे, १०७ ओटा चारपाङ्ग्रे, २० ओटा ट्याक्सी र २५ वटा अन्य ठुला सवारी साधन रहेको ट्राफिक महाशाखाले जनाएको छ । हालसम्म मुलुकका अधिकांश स्थानमा निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया