उर्लाबारी युवक मृ’त्यु प्रकरण : फरार प्रतिवादी गिरी प’क्राउ

admin

मोरङ : उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शं’कास्पद मृ’त्यु भएको प्रकरणमा फरार प्रतिवादीमध्ये एक जनालाई प्र’हरीले प’क्राउ गरेको छ । उर्लाबारी ६ का रमेश गिरी प’क्राउ परेका हुन् । गिरीकै घरमा बास्तोलाको पुस ४ गते राति श’व भेटिएको थियो ।

जिल्ला प्र’हरी मोरङका प्रवक्ता प्र’हरी नायब उपरीक्षक मानबहादुर श्रेष्ठले गिरी आइतबार आफैं प्र’हरीको सम्पर्कमा आएको र सोमबार जिल्ला अदालत मोरङमा उपस्थित गराइने बताए । उक्त घ’टनामा अझै तीन प्रतिवादी उर्लाबारी–६ का राजेश रणपहेली, सुदीप परियार र दीपेश पौडेल फरार छन् । उनीहरू पनि चाँडै प’क्राउ पर्ने राईले बताए ।

उक्त प्र’करणमा सत्यतथ्य लुकाएर दोषीलाई उन्मुक्ति दिने ष’ड्यन्त्र गरिएको भन्दै बास्तोलाको परिवार विरोधमा उत्रेपछि प्र’हरीले मंगलबार ६ जनावि’रुद्ध जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान मुद्दा दर्ता गराएको छ ।

प्र’हरीले मिसिलसाथ उपस्थित गराएका उर्लाबारी–६ का रिकेश शिवा भन्ने मेहरमान दर्जीलाई पुर्पक्षका लागि थुनामा राख्न र होटल सञ्चालक कुमार राईलाई ३ लाख धरौटीमा छाड्न जिल्ला न्यायाधीश सुदर्शन लामिछानेको इजलासले बिहीबार आदेश दिएको थियो ।

घ’टनाको अनुसन्धानमा बेवास्ता गरिएको भन्दै पीडित पक्ष आन्दोलनमा उत्रेपछि जिल्ला प्र’हरी मोरङले प्र’हरी नायब उपरीक्षक मानबहादुर राईको नेतृत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेको छ ।

प्रतिक्रिया