एउटा भिडियोका कारण भयो ह्याङ भयो युट्युब, युट्यूबले गर्यो यस्ताे ट्विट

रिता घिसिंग

एजेन्सी : सामान्यता कुनै पनि भिडियो युट्यूबमा अपलोड भएपछि भाइरल हुन्छन्। तर कुनै भिडियोलाई युट्यूबले नै स्लो गरिदिन्छ भने के भन्ने? चर्चित अमेरिकी गायिका तथा गीतकार एरिआना ग्रयाण्डले केही दिन अगाडि आफ्नो नयाँ म्युजिक भिडियो ‘थ्याङ्क यू नेक्स्ट’ रिलीज गरेकी छन्। यो भिडियो युट्यूबमा अपलोड हुने वित्तिकै यसले नयाँ रेडर्कमात्र बनाएन, युट्यूबले ट्विट गर्दै उक्त भिडियोका कारण युट्यूबको स्पीड ढिला भएको जनायो।

यो भिडियो अपलोड हुने वित्तिकै युट्यूबमा हंगामा नै मच्चिएको छ। युट्यूवको इतिहासमा नै ३५ मिनेटभित्र कुनै पनि भिडियो एक मिलियन अर्थात दश लाखले हेरेको यो पहिलो पटक हो। यो भिडियो १६ घण्टामा ४० मिलियन अर्थात चार करोडले हेरिसकेका छन्।

कतिसम्म भयो भन यो भिडियोको तल कमेन्ट बक्समा कमेन्ट गर्नसमेत मुश्किल भयो। कमेन्ट गर्नसमेत कुनुपर्ने अवस्था आयो। त्यसपछि युट्यूबले ट्विट गर्दै लेखेको छ–‘थ्याङ्क यू नेक्स्ट’ भिडियो यति राम्रो छ की यसले इन्टरनेटमा हंगामा मच्चाएको छ।’

युट्वूबका अनुसार यो भिडियोमा एरिआनाका फ्यानले पाँच लाख भन्दा धेरै कमेन्ट पोस्ट गरेका छन्। जुन आफैंमा एक रेकर्ड हो। म्यूजिक भिडिया चार्टबस्टर्समा एक नम्बर पोजिसनमा छ भने हट १०० को लिस्टमा पनि सामेल छ। यो म्युजिक भिडियोलाई फास्टेट भिडियोमा पनि सामेल गरिएको छ।

एरिआनाको यो म्युजिक भिडियोमा चर्चित हलिउड फिल्म्स मीन गल्र्स, ब्रिंग इट आन, लीगली ब्याण्ड र १३ गोइङ ३० का केही सीनमा अभिनय गरेका छन्।

प्रतिक्रिया