एकजना मात्र कलाकार भएको सुनिल दत्तको चलचित्र जसले लेखायो गिनिज बुकमा नाम

मनिषा थापा

एजेन्सी  :   सामान्यतया चलचित्रमामा धेरै कलाकारहरु हुने गर्छन। जसमा नायक, खलनायक, नायिका आदिको भूमिका रहने गर्छ। तर आज हामी यस्तो चलचित्रको बारेमा बताउन जादै छौ जसमा एकजना मात्रै कलाकार छन्। सुन्दा निकै नै अचम्म लाग्छ तर हाम्रो छिमेकी देश भारतमा यस्तो एउटा चलचित्र बनेको थियो जसमा एकजना मात्रै कलाकार थिए । उनले उक्त चलचित्रको निर्देशन समेत आफैले गरेका थिए ।

ती निर्देशक र कलाकार हुन् सुनिल दत्त । चलचित्रको नाम थियो– ‘यादें’ । फिल्म ‘यादे’ले गिनिज बुक अफ वल्र्ड रिकर्डसमा समेत आफ्नो स्थान बनाउन सफल भयो । यो ब्ल्याक एण्ड व्हाईट चलचित्र सन् १९६४ मा रिलिज भएको थियो । चलचित्रको शुरुमा नै लेखिएको थियो– वल्र्ड फस्र्ट वान एक्टर मुभी अर्थात् एकल कलाकार भएको संसारकै पहिलो चलचित्र।

यस चलचित्रमा सुनिल दत्तले नै सबै भूमिका निर्वाह गरेका छन् । कथा अनुसार, सुनिल दत्तको चरित्र आफ्नो घर आउँदा उनकी श्रीमती र बच्चा घरमा हुँदैनन् । उनीहरुले आफूलाई छोडेर गएको सोच्छन् सुनिल । त्यसपछि एक्लै हुँदा उनी आफैसँग कुरा गर्छन् । विगतमा मोडिन्छ उनको मन । कहिले वरिपरिका बस्तुहरुसँग कुरा गर्छन् र कथा अगाडि बढ्छ । आवाज र डायलगका माध्यमबाट पति पत्निमा बहस हुन्छ, दुबैले एक अर्काको चरित्रमाथि लान्छना लगाउँछन । र पुरुषले आफ्नो प्रभाव पार्न खोज्छ ।

चलचित्रमा नायिका नरगिसको स्वर सुनिन्छ । चलचित्रमा महिला आउँदा त्यहाँ कुनै चरित्र हुँदैन बरु नरगिसको छाया मात्र देखिन्छ । फिल्म इतिहासकार र लेखक अमृत गंगरका अनुसार चलचित्रमा एक्लोपनको अनुभूति दर्शाउन खोजिएको छ । उनका अनुसार, सम्पूर्ण चलचित्रलाई एकजनाको काँधमा राखेर दर्शकलाई बाँधेर राख्नु चानचुने चुनैती थिएन ।

अमृतका अनुसार प्राविधिकरुपमा चलचित्रमा देखाइएको कुरा नाटक र रंगमञ्चमा हुँदै आएको कुरा हो । तर थिएटरमा त यो झनै मुश्किल कुरा हो किनभने त्यहाँ दर्शक उपस्थित हुन्छ र तपाई एक्लैले सबै कुरा सम्हाल्नु पर्ने हुन्छ । त्यहाँ रिटेकको कुनै सम्भावना हुन्न ।

यो चलचित्रलाई ए सर्टिकिेट र गम्भीर सामाजिक सन्देश पनि देखिन्छ । खासगरी महिलाको परिवार र समाजमा के स्थन छ भन्ने कुराले तपाई हाम्रो ध्यान आकर्षित गर्दछ । सुनिल दत्तको यस चलचित्रमा दुईवटा गीत समेत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू