एकैदिन एक व्यक्तिले किन लगाए कोरोनाविरुद्धको १० वटा खोप ?

admin

एजेन्सी, ६ पुस : न्युजिल्याण्डका एक व्यक्तिले कारोना भाइरस (कोभिड–१९) विरुद्धको १० वटा भ्याक्सिन लगाएका छन् । ती व्यक्तिलाई आफ्नो नामको खोप लगाइदिन भन्दै अन्य व्यक्तिले रकम तिरेका थिए ।

न्युजिल्याण्डले क्रिसमस अघि आफ्ना ९० प्रतिशत जनतालाई दुबै डोज भ्याक्सिन उपलब्ध गराउने लक्ष्य राखेको छ तर तीमध्ये धेरै अझै पनि धेरैले खोप लगाउन रुची देखाइरहेका छैनन् । तर, खोप नलगाउनुको अर्थ केही स्वतन्त्रताबाट वञ्चित हुनु पनि हो जुन भ्याक्सिनेसन सर्टिफिकेट भएकाहरुलाई प्रदान गरिएको छ तर धेरैजना यसो गर्न पनि चाहँदैन् ।

त्यसैले कतिले देशको यो नीतिलाई छल्ने प्रयास पनि गरिरहेका छन् । त्यसैले केही रकम पाउने लोभमा कतिले आफ्नो शरीरमा भ्याक्सिनको १० डोज लगाउनसमेत तयार भएका छन् । न्युजिल्याण्डको न्युज वेबसाइट स्टफका अनुसार एक नाम नखुलाइएका व्यक्तिले अरु व्यक्तिको नाममा एकैदिन १० वटा खोप लगाएका छन् ।

यहाँको स्वास्थ्य मन्त्रालयले यसबारे अनुसन्धान थालेको छ । ती व्यक्तिले अकल्याण्डका विभिन्न भ्याक्सिनेसन सेन्टरमा पुगी विभिन्न व्यक्तिको नाममा कोभिड–१९ का थुप्रै डोज लिएको बताइएको छ । उनलाई ती व्यक्तिहरुले पैसा तिरेका थिए । उनी यसमा सफल भए किनभने खोप लगाउने व्यक्तिले त्यहाँ उपस्थित स्वास्थ्यकर्मीलाई आफ्नो नाम, जन्ममिति र ठेगाना मात्रै दिए पुग्छ ।

यसका लागि फोटो चाहिँदैन । ‘फारममा टाँस्नका लागि सिमान्तकृत वर्ग जस्तै घर नभएका, ज्येष्ठ नागरिक, भिन्न रुपमा सक्षमलगायतका हरुको फोटो नहुन सक्छ त्यसैले हामीले खोपका लागि अवरोध सृजना गर्न चाहँदैनौं,’ खोप अभियानका प्रवक्ताले भने ।

यसरी खोप लगाइँदा के हुन्छ भनेर कुनै जानकारी उपलब्ध नभएपनि भ्याक्सिनोलोजिस्टले यसले खासै ठूलो हानी भने नपुर्याउने बताएका छन् । यद्यपि, उनीहरुले केही समस्या जस्तै ज्वरो, टाउको दुख्ने र साधारण दुखाई भने सहनुपर्छ ।

‘भ्याक्सिनको धेरै डोजले साधारण समस्या निम्त्याउँछन् जस्तै ज्वरो, टाउको दुख्ने र साधारण दुखाई । त्यसैले ती व्यक्तिलाई भोलिपल्ट यस्ता समस्या देखिने सम्भावना छ,’ युनिभर्सिटी अफ अकल्याण्डका हेलेन पेटउसिस–ह्यारिसले भने ।

प्रतिक्रिया