एकैदिन थपिए १० हजार २५४ संक्रमित, १६ जनाको मृत्यु

admin

काठमाडौं, ८ माघ : पछिल्लो २४ घण्टामा देशभर १० हजार २५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

२० हजार १ सय ८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआरबाट ८२१२ र एन्टिजेन परिक्षण गर्दा २०४२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु पनि भएको छ । यस्तै, ७०८ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । हाल ७२ हजार ८ सय ६२ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ हजार ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३७६२, ललितपुरमा १११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया