एकैदिन सुनको मूल्य ८ सय रुपैयाँले घट्यो

admin

काठमाडौं, १ माघ : बिहीबार सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ । सुनको मूल्य बिहीबार तोलामा ९२ हजार एक सय रुपैयाँ निर्धारण गरिएको छ । यो बुधबारको मूल्यभन्दा ८ सय रुपैयाँ सस्तो हो । बुधबार तोलामा सुन ९२ हजार ९ सय रुपैयाँ थियो ।

यस्तै, तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी महासंघका अनुसार बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १२ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर तोलामा १२ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्यमा उतारचढाव देखिएकाले नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा घटबढ भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया