एकैदिन ११ सय घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ३ असार : बिहीबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले सस्तो भएको छ । बुधबार तोलाको ९३ हजार १ सय रुपैयाँ तोकिएको सुनको मूल्य बिहीबार घटेर ९२ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासंघका अनुसार बिहीबार तेजाबी सुन समेत प्रतितोला ११ सयले नै घट्दै ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य पनि बिहीबार २० रुपैयाँले घटेको छ । बुधबार तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार १३ सय ४० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया