एकैदिन तीन हजार चार सय २१ जनामा संक्रमण पुष्टिसँगै २५ जनाको ज्यान गयो

admin

काठमाडौं, ११ साउन : सोमबार तीन हजार चार सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार दुई सय ४० जनाको पीसीआर र पाँच हजार ३२ जनाको एन्टिजेन गरी १७ हजार दुई सय ७२ जनाको परीक्षण गर्दा तीन हजार चार सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो कुल परीक्षणको झण्डै २० प्रतिशत हो । योसहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या सात लाख ३८ हजार नौ सय १८ जना पुगेको छ । यस्तै बितेको २४ घण्टामा एक हजार ६ सय ८६ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४५ हजार तीन सय एक पुगेको छ । यही अवधिमा थप २५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

योसहित कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या नौ हजार सात सय ३८ पुगेको छ । अहिले नेपालमा २७ हजार नौ सय आठ जना कोरोनाका सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये ६ सय ६९ जनाको आईसीयू र एक सय ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया