एकैदिन ५ हजार ७४३ जनामा काेराेना सङ्क्रमण, २६ जनाको मृ’त्यु

admin

काठमाडौं, कात्तिक ५ : पछिल्लो २४ घण्टामा ५७४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २० हजार ११८ जनाको पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार ९९६ छ ।

योसँगै हालसम्म ९९ हजार ६०५ जना निको भई डिस्चार्ज भएका छन् । हाल ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन् । काठमाडौं उपत्यकामा थप ३१०७ जना कोरोना संक्रमित भएका छन् ।

काठमाडौंमा २३९१, ललितपुर ५४३ र भक्तपुरमा १७३जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २६ जनाको मृ’त्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मु’त्यु हुनेका जम्मा संख्या ७९१ पुगेको छ ।

प्रतिक्रिया